– अनिल तिवारी
बारा, १६ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेपाली राजनीतिमा एक्लै हिड्ने हिम्मत एमालेसंग मात्रै भएको बताउनुभएको छ ।
बाराको सिमरामा एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा उहांले नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने हिम्मत हारेको बताउदै एक्लै हिड्ने हिम्मत एमालेसंग मात्रै भएको दाबी गर्नुभयो ।
उहांले माओवादी केन्द्रले एक्लै चुनावमा भाग लिन नसक्नु स्वभाविक भएको तर पञ्चायत विरुद्धको आन्दोलनमा समेत बाम शक्तिसंग मिल्नु हुँदैन भनेर एक्लै चुनाव लड्ने नेपाली कांग्रेसमा अब आफ्नै बलमा अगाडी बढ्ने हिम्मत नरहेको बताउनुभयो ।
जिल्ला दौडाहामा रहनुभएका नेता पौडेलले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्ति पूर्णरुपमा सम्पन्न भैसकेको र तेस्रो चरणको निर्वाचनपनि शान्तिपूर्ण रुपमै सम्पन्न हुनेमा एमाले विश्वस्त रहेको बतातउनुभयो । उहांले एकै चरणमा सम्पन्न हुने निर्वाचनलाई सत्तापक्षले तिन चरणमा गर्ने निर्णय हास्यश्पद रहेको समेत जिकिर गर्नुभयो ।
पत्रकारहरुको प्रश्नको जवफ दिदै नेता पौडेलले निर्वाचन बहिस्कार गर्ने राजपालाई निर्वाचनले आफूहरुलाई उल्टै बहिस्कार गरेको कुरा महसुस भएको बताउदै आसन्न निर्वाचनमा राजपा पनि सहभागी हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
बारा प्रचार विभाग प्रमुख मनोज पौडेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्ट, पोलिटब्युरो सदस्य एवम प्रदेश नम्बर २ का सहसंयोजक नागेन्द्र चौधरी, केन्द्रिय सदस्य दिनेश राई, पुर्व युवा तथा खेलकुद मन्त्री एवं सांसद पुरुषोतम पौडेल, एमाले बाराका अध्यक्ष सुन्दर विक, प्रदेश सदस्य सीता गुरुङ्ग लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया