विशेष मूल्यमा सामसङको नयाँ क्युलेड टिभि बुकिङ्ग गर्नुहोस् र पाउनुहोस् सामसङ ग्यालेक्सी एस८ र एस ८ प्लस मोबाइल
काठमाडौं १७ साउन । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि (Samsung QLED TV) बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज (high dynamic range (HDR) प्रविधि प्रयोग भएको छ ।
क्युलेड टिभीमा दर्शकले वास्तविक रंग देख्नुहुनेछ, क्वान्टम डट प्रविधि (Quantum Dot technology) र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ र यसमा प्राप्त भएको केवल एक रिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ ।
क्युलेड टिभी हाल दुई मोडलमा उपलब्ध छन् । QA55Q7 मोडलको सुरुवाती मूल्य रु ४५०००० र QA65Q8 को सुरुवाती मूल्य ६५०००० रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ । बुकिङ् अफरमा सुरुवाती मूल्य को साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि QA55Q7 मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस ८ र QA65Q8 को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्नुहुनेछ । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने छ ।
















प्रतिक्रिया