१० मंसिर २०८३, बिहिबार

भरतपुर काण्ड : निर्वाचन आयोगले किन बोलायो पदाधिकारी बैठक ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर १९ मा फेरि चुनाव गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि निर्वाचन आयोगले सोमबार पदाधिकारी बैठक बोलाएको छ ।

१९ नम्बर वडामा फेरि चुनावका लागि नयाँ मिति घोषणा गर्न निर्वाचन आयोगले पदाधिकारी बैठक बोलाएको हो । बैठकले सम्भवतः यसै महिना चुनाव गर्नेछ ।

सर्वोच्चको आदेश अनुसार सोमबार नयाँ मिति बारे निर्णय हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।