काठमाडौं, ११ कात्तिक । एनएमबी बैंकले पहिलो त्रैमासिकमै १४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७१र०७२ को असोज मसान्तसम्म यो नाफा कमाएको हो । यो गत वर्षको यसै अवधिको भन्दा ५७ दशमलव २५ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा बैंकले ९ करोड ८ लाख रुपैयाँ कमाएको थियो ।
खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो । गत वर्षको असोज मसान्तको तुलनामा यो असोजमा बैंकको खुद व्याज आम्दानी ५० प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको मंगलबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । बैंकका अन्य आम्दानीहरु पनि बढेका छन् ।
गत बर्षको असोजमा कूल कर्जाको १ दशमवल ८३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्षको सोही अविधमा ० दशमलव ५३ प्रतिशतमा खुम्चिएको छ । बैंकले सम्भावित जोखिमबापत राखेको एक करोड ७४ लाख रुपैयाँ राइटव्याक गरेको छ।













प्रतिक्रिया