१० मंसिर २०८३, बिहिबार

माओवादीका शीर्ष नेताहरू सोमबार तराई झर्ने, यस्ता छन् कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । २ नं. प्रदेशमा चुनावी रणनीति तयार पार्न माओवादी केन्द्रले अन्तरिक गृहकार्य तीव्र बनाएको छ ।

केन्द्रीय सचिवालयको निर्वाचन समीक्षापछि आगामी सोमबार माओवादी शीर्षस्थ नेता प्रशिक्षण कार्यक्रम लिएर मधेस झर्ने भएका छन् ।

प्रदेश नम्बर २ को निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले प्रशिक्षण चलाउन लागेको हो ।

प्रशिक्षण दिन काठमाडौंबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहितका शीर्ष नेता मधेस झर्ने भएका हुन् ।

माओवादीले मधेसका आठ जिल्लाका जिल्ला सचिवालयस्तरका नेता–कार्यकर्तालाई सोमबार जनकपुर बोलाई प्रशिक्षण दिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए ।

प्रशिक्षणमा आठ जिल्लाका जिल्ला सचिवालयस्तरका ६ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने अनुमान छ ।

माओवादी केन्द्रले एक साताभित्र प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय २७ स्थानीय तहका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ ।