काठमाडौं । हरेक वर्षका तीजमा राम्रा गीतहरू सार्वजनिक गरेर चर्चा कमाएकी चर्चित गायिका कोमल ओलीले यस वर्ष भने भिन्न शैलीको गीतमा स्वर दिएकी छिन् ।
यस पटक गायिका ओलीले सुमित्रा कोइराला दाहालको ‘फूल जस्तो जोबन’ बोलको तीजमा स्वर दिएकी छिन् । यो गीतको म्यजिक भिडियो पनि सार्वजनिक भएको छ ।
गीतमा कोमल ओली र सुमित्रा कोइराला दाहालको स्वर छ । लय तथा शब्द सुमित्रा कोइराला दाहालका हुन् ।
गीतमा एरेञ्जर सुदीप सागरले गरेका छन् । कामना डिजिटल उत्पादन तथा वितरक रहेको छ । गीतमा कोमल ओलीका साथै सुमित्रा, रीतु , कृष्ण र सुयोगको अभिनय रहेको छ ।
















प्रतिक्रिया