३ कार्तिक २०८३, मंगलबार

कांग्रेस फुटाउने चर्चा चलेका बेला यी दुई शीर्ष नेताले दिए यस्तो अभिव्यक्ति

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस फुटको परिकल्पनानै गर्न नसकिने बताएका छन् ।

के तपाईहरु ‘कांग्रेस बिपीवादी’ गठन गर्ने तयारीमा जुटेको हो ? भन्ने प्रश्नमा जोशीले भने, ‘कांग्रेस फुटाउने कुनै खेल भएको छैन्, बिपीको नाममा कांग्रेस फुटाइयो भने उनको ठूलो अपमान हुनेछ ।’

शनिबार मात्रै केही छापा मिडियामा जोशीसहित पूर्वसभामुख एवं महामन्त्री तारानाथ रानाभाट, पूर्वमहामन्त्री कुलुबहादुर गुरुङ, पूर्वउपसभापति चिरन्जीवी वाग्ले, पूर्वकेन्द्रीय सदस्यहरू ओमकार श्रेष्ठ, ढुण्डीराज शास्त्री, विनयध्वज चन्द, प्रकाश कोइराला, लक्ष्मणप्रसाद घिमिरेलगायतको समूह ‘कांग्रेस बिपीवादी’ गठन गर्ने तयारीमा रहेको भन्ने मिडियाहरुमा आएको समाचार प्रति कडा रुपमा कटाक्ष्य गर्दै जोशीले भने, ‘कांग्रेस फुट्छ भन्नुनै ठूलो षड्यन्त्र हो, यो षड्यन्त्रलाई चिर्न आवश्यक छ ।’

विपीको सिद्धान्तमा कांग्रेसलाई एक ढिक्का बनाएर लैजानुको अर्को विकल्प नरहेको जोशीले जिकिर गरे ।

अर्का पूर्वमहामन्त्री कुलुबहादुर गुरुङले कांग्रेस फुटाउन आफू सहितका एक दर्जन नेता लागेको भन्ने आरोप निराधार कपोकल्पित भएको जिकिर गरे । उनले त्यस्तो कार्य आफूबाट भएको भए पुष्टी गरेर देखाउन चुनौती दिए ।

उनले बिपीको विचार कुल्चनु र कांग्रेस फुटाउनु एउटै रहेको बताउँदै कांग्रेस विपीको सिद्धान्तमा अडिग रहनुपर्नेमा जोड समेत दिए । नेपाली कांग्रेसमा गुरुङ, जोशी अत्यान्तै प्रभावशाली मानिन्छन् ।