३ कार्तिक २०८३, मंगलबार

नेपाली युवती भारतीय म्युजिक भिडियोमा नाच्दै (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली मोडल आदिती बुढाथोकीले भारतीय म्युजिक भिडियोमा अभिनय गरेकी छन् । र्‍यापर रफ्तार र मनिन्दर बुट्टरको ‘गल गोरिए’ बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।

जी म्युजिक कम्पनीको औपचारिक च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोलाई ३७ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । म्युजिक भिडियोलाई जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्ट्सले संयुक्त निर्माण गरेको हुन् ।

अरविन्द खैराले निर्देशन गरेको भिडियोमा मोडल बुढाथोकी डान्स गर्दै देखिएकी छन् ।

बलिउडमा करियर बनाउन संघर्षशील मोडल बुढाथोकीले यसअघि विभिन्न विज्ञापनहरूमा समेत काम गरिसकेकी छन् ।