– रामचन्द्र घर्ती
जाजरकोट, १४ साउन । खोलाले बगाउँदा बारेकोट गाउँपालिका ८ सपुखोलाका सुवास सिंह हिजोदेखि वेपत्ता भएका छन् ।
घर नजिकैको खोलामा साथीसंग खेल्न गएका हंशबहादुर सिंहका चार बर्षीय छोरा सुवास खोलामा बगेर बेपत्ता भएका हुन् ।
सुवास खोला नजिकैको ढुंगाबाट चिप्लिएर खोलामा खसेर वेपत्ता भएको जाजरकोटका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
बालकको खोजी कार्य भइरहेको र अहिलेसम्म फेला पार्न नसकेको उनले बताए ।












प्रतिक्रिया