
काठमाडौं, १४ साउन । एघारौं पटक अनशनमा बसेका शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको पक्षमा शनिबार काठमाडौँमा र्याली निकालिएको छ ।
काठमाडौँको माइतीघर मण्डलाबाट निकालिएको जुलुसमा चर्चिक कलाकारदेखि राजनीतिकर्मीसम्मको सहभागिता थियो । डा. केसीका समकक्षी चिकित्सक, विद्यार्थीदेखि विवेकशील नेपाली दलका अध्यक्षसम्म र्यालीमा देखिए ।

यसपटकको र्यालीलाई मेडिकल माफियाको मलामीका रुपमा संकेत गरिएको थियो । माफियाको पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै हिँडाइएको थियो । यसैगरी, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले सांसदहरुलाई माफियाका पूजारी बनाएर ‘माफिया पूजन’ कार्यक्रम गरेका थिए । डा. केसी एक सातादेखि आमरण अनशनमा छन् ।











प्रतिक्रिया