१० मंसिर २०८३, बिहिबार

यी हुन् एमालेका अन्तरघातीहरु, जिल्लादेखि प्रदेशसम्मका नेताहरुलाई कारबाही

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १४ साउन । स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई नेकपा एमालेले कारबाही गरेको छ ।

चुनावमा अन्तर्घात गर्ने र बागी उठ्ने नेता तथा कार्यकर्तालाई नेकपा एमाले भोजपुरले कारबाही गरेको हो ।

जिल्ला कमिटी सचिव शरणकुमार राईका अनुसार, कारबाही पर्नेहरुमा संगठित सदस्यदेखि प्रदेश कमिटीका सदस्य समेत रहेका छन् ।

कारबाहीमा पर्नेमा टेम्केमैयुङ गाउँपालिका –९ मा वडा अध्यक्षमा बागी उठ्ने जिल्ला कमिटी सदस्य नभराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै बागी उठ्ने जिल्ला सदस्य विजयालक्ष्मी राई र उनीहरुको समर्थक, प्रस्तावक संगठित सदस्य रहेका यादवकुमारी नेपाल, भीमप्रसाद लुइटेल र वावुराम शाक्य पनि रहेका छन् ।

यसैगरी, वडा नं ७ र ६ का बागी उम्मेदवारहरु पूर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारबाहीमा परेका छन् । बागी उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिँडने जिल्ला कमिटी सदस्य नविन राई पनि अन्तर्घात गरेको ठहर्दै कारबाहीमा परेका छन् ।

एमालेले निर्वाचनको क्रममा पौवादुङमा गाउँपालिकामा अन्तर्घात गर्नेहरु जिल्ला कमिटी सदस्य उदय कार्की र संगठित सदस्यहरु गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारबाही गरेको छ । भोजपुर नगरपालिकामा अन्तर्घात गर्ने प्रदेश कमिटी सदस्य रमेश शाक्यलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिश गरिएको छ ।