सल्यान, १४ साउन । सल्यान जिल्लामा नास्पातीको रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
बनगाड कुपिन्डे नगरपालिका ३ काभ्राका ४७ वर्षीय चन्चल पुनको रुखबाट लडेर ज्यान गएको हो ।
घर नजिकैको नास्पती टिप्न गएका बेला शुक्रबार दिउँसो रुखबाट लडेर उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
रुखबाट लडेर गम्भीर घाइते भएका पुनको तत्काल उपचार नहुँदा मृत्यु भएको स्थानीयले बताएका छन् ।













प्रतिक्रिया