२१ कार्तिक २०८३, शनिबार

काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, २९ यात्रु घाइते

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नवलपरासी, १४ साउन । नवलपरासीको दाउन्नेको उकालोमा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे २ बजे वर्दघाट नगरपालिका– ४ दाउन्नेको उकालोमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस उकालोमा तान्न नसकी सडकबाट अन्दाजी १५ मिटर तल खस्दा २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनालाई उपचारको लागि जेनश अस्पताल वुटवल रिफर गरिएको छ । अन्य बाँकीको दाउन्नेदेवी अस्पताल बर्दघाटमै उपचार भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालकलाई दाउन्ने प्रहरीले नियन्त्रणमा लिएको छ ।