१ कार्तिक २०८३, आइतबार

तेक्वान्दो संघद्वारा प्रमुख प्रशिक्षक राईको स्वागत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेपाल तेक्वान्दो संघले नवनियुक्त तेक्वान्दोका प्रमुख प्रशिक्षक नन्दु राईलाई स्वागत गरेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राईलाई संघका अध्यक्ष प्रकास संसेर राणा,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,प्रशिक्षक,राष्ट्रिय टिमका खेलाडी र विभिन्न डोजाङका प्रमुखलगायतले स्वागत गरे ।

करिब ३४ वर्षदेखि तेक्वान्दो खेल विकासमा रहेका नन्दु राई राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गत तेक्वान्दोको प्रमुख प्रशिक्षकमा जिम्मेवारी पाएका थिए ।

उनले बुधबारदेखि लागु हुने गरी प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन् । २०१७ सालमा इलाममा जन्मिएका राईले वि.स २०३९ सालदेखी काठमाडौँको दशरथ रंगशालाबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए ।

यसअघि राखेप तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशकसमेत रहेका राइले तेक्वान्दोको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

यद्यपि,राईले तेक्वान्दो खेलमै केही गरौँ भन्ने उद्देश्यले उपनिर्देशकबाट मंगलबार नै राजिनामा दिएको बताए । उनी वि.स २०४३ सालमा तेक्वान्दोका सहायक प्रशिक्षकको रुपमा प्रवेश गरेका थिए ।

वि.स २०४९ सालमा हटाइएका राईले केही वर्ष करारको रुपमा प्रशिक्षकमा काम गरे । तर,वि.स २०५२ सालमा पुनः राईले स्थायी प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका थिए ।

त्यसपछि लगातार राखेपको प्रशिक्षकरुपमा तेक्वान्दो खेल विकासमा लागी समर्पित राइर्ले २०६४ सालमा वरिष्ठ प्रशिक्षकको जिम्मेवारी पाएका थिए । त्यसको केही महिनामै राईले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशको जिम्मेवारी पाएका थिए ।

तर ,हाल त्यो जिम्मेवारीबाट राजिनामा दिदैँ राइ तेक्वान्दो खेल विकासमै समर्पित हुने भएका छन् । नेपालमा तेक्वान्दो खेलको सुरुआतदेखि नै त्यसका विकासमा समर्पितमध्येका एक राई हाल नेपाल तेक्वान्दो संघका सचिव पनि हुन् ।

आफुलाई खेल क्षेत्रमा चिनाएको तेक्वान्दो विकासमा नै लागी पर्न आफुले उपनिर्देशकबाट राजिनामा दिएका राईले बताए ।

उनले भने ‘तेक्वान्दोलाई ब्यवस्थित र विवादरहित रुपमा विकास गर्नेछु । राष्ट्रिय टिम र समग्र तेक्वान्दोको खेलस्तर विकास लागी केही योजना ल्याउँनेछु । साथै तेक्वान्दोमा रहेका सरकारी र स्वयमसेवक प्रशिक्षककोसमेत सही योजनालाई प्रयोग गर्ने मेरो लक्ष्य छ ।’