२१ कार्तिक २०८३, शनिबार

जापानीज टोलीद्धारा चन्द्रागिरि भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । जापानीज संसदका सदस्यद्धय हिन्को ताकासी र यूको नाकागोवा र नेपालका लागि जापानका राजदुत मसाशी ओगावालगायतको समूहले आज चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेको छ ।

भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महा–प्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराउनुभएको थियो ।

भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड र मन्दिर लगाएतका दृश्यले रमाइलो अनूभुती गराएको उल्लेख गर्नुभयो ।

चन्द्रागिरिमा बन्दै गरेको रिसोर्ट र अन्य पूर्वाधारहरुले चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तव्य बन्नेमा विश्वास व्यक्त गर्दै जापनीज जनताको तर्फबाट परियोजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।