
काठमाडौं, १३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यसमितिको बैठकलाई एक दिन पछाडि सारेको छ ।
राजपा नेपालको बैठक अब साउन २२ गते काठमाडौंको बबरमहलमा बस्नेछ । राजपा नेपालका महासचिव मनीषकुमार सुमनका अनुसार साउन २२ गते बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । केन्द्रीय कार्यसमितिको बैठक यसअघि दुई पटक सरिसकेको छ ।
राजपा नेपालको पदाधिकारीहरूको बैठक भने साउन १८ गतेदेखि सुरु हुनेछ ।
हृदय त्रिपाठी, शर्बेन्द्रनाथ शुक्लासहितका नेताहरूले विधानका विषयमा प्रश्न उठाएपछि सो विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।











प्रतिक्रिया