काठमाडौं, १३ साउन । सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना ल्याएको छ ।
विभिन्न कारणले गर्दा बिदेशमा रहेका व्यक्ति दशैं जस्तो महान् पर्वमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउ सजिलो होस् भनेर यो अफर ल्याइएको हो ।
बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाउन् भनी यो योजना प्रस्तुत गरिएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ ।
प्रस्तुत योजनामा सहभागी हुन, योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ ।
आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र त्यो फारममा आवश्यक विवरण भरी “बिदेशमाकसलाई र किन भेट्न चाहनुहुन्छ”भन्ने आफ्नो मनको भावना पोखी आफ्नो कथा लेख्नु पर्दछ ।
कथा लेख्दा दिइएको स्थानमा नअटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिनेछ । यसरी आवश्यक विवरण र कथा लेखिसकेपछि योजना अवधिभित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्दछ ।
प्राप्त भएका कथाहरुमध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले पाउने छन् ४ दिन ३ रातको मलेसिया, कतार, साउदी अरेबिया, युएइ वा दक्षिण कोरियामा गई आफ्नासँग सँगै दशैं मनाउने अवसर ।
विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजानपाउनु हुनेछ ।
योजना समाप्त भएको ७ दिनपछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिनेछ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरुलाई दिइनेछ । उक्त जुरीले छनौट गरेका कथाहरु नै अन्तिम हुने छन् ।















प्रतिक्रिया