१० मंसिर २०८३, बिहिबार

रुदीखोलाको पुल भाँचिएर बस दुर्घटनाः एक बगेर वेपत्ता, दुई च्यापिए, ३० जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेंसीशहर (लमजुङ), १२ साउन । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन् ।

ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा पुल भाँचिएर बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए ।