बारा, १२ साउन । प्रदेश नम्बर दुई असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको परिणाम आफनो हातमा पार्न नेकपा एमाले बारा युद्धस्तरमा लागेको छ ।
प्रदेश नम्बर २ मा दोस्रो चरणबाट निर्वाचनको मिति सरेपछि सुस्ताएको एमाले साउन ३ को जिल्ला सचिवालयको बैठकपछि स्थानीय निर्वाचनका लागि जोडतोडका साथ लागेकोे जनाएको छ । यसबीचमा जिल्लाका १५ वटै तहमा साउन १० गतेसम्म बैठक गरी २८ गतेसम्म स्थानीय तह र जनसंगठनहरुले भेलाको तयारी गरेको छ ।
एमाले निकट नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको आयो जनामा बृहत भेला तथा प्रशिक्षण श्रावण ७ गते सिमरामा सम्पन्न गरिएको छ । भेलामा एमालेका केन्द्रिय सचिब पृथ्बीसुब्बा गुरुगंले प्रशिक्षण दिनुभएको थियो ।
यता जिल्लाको आयोजनामा साउन १३ र १४ गते जिल्ला स्तरीय आवासीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रशिक्षण दिनुहुनेछ । त्यसैगरी साउन १५ गते जिल्लाको समग्र पार्टीको अबस्थाका बारेमा छलफल गर्न जिल्ला कमिटीको बैठक बस्दैछ । बैठकमा एमालेका उपमहासचिब बिष्णु पौडेलको उपस्थिती रहनेछ ।
बारा जिल्लाको एकमात्र नगरपालिका कलैया नगरपालिका र ९८ गाबिस मध्ये ५७ गाबिसमा २०५४ सालमा बिजय हासिल गरेर पहिलो बनेको एमाले असोज २ गते हुने निर्वाचनमा पनि १५ स्थानीय तहमध्ये १२ तहमा एमालेले जित्ने एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले दावी गरे ।
स्थानीय निर्वाचन घोषणा भएलगतै एमालेमा प्रवेशको लहर चलेको बारामा संघिय समाजबादी (अशोक राई समूह)को तर्फबाट २०७० सालमा बारा क्षेत्र नम्बर ३ को सभासदका उम्मेदबार बनेका कलामुदिन अंसारी एमालेमा प्रबेश गर्नु भएको छ ।
त्यसैगरी माओबादी केन्द्रबाट प्रकास खनाल, इनरदेब दास, केशव रिमाल, कांग्रेसका युबा नेता नन्दु लामा, उमाकान्त पाण्डे, राप्रपाबाट अब्जनाथ काप्mले, राजपाबाट इनरमन राम लगायत बारा जिल्ला भरीमा ११ सय जना एमालेमा प्रवेश गरेका छन ।
एमालेले तराई मधेसमा गरेको कामका कारण नै एमालेमा प्रवेशको लहर चलेको प्रचार बिभाग प्रमुख पौडेलको दाबी छ । जनता एमालेको पक्षमा छन, एनलेलाई मतदान गर्न लालायित छन– एमाले बाराका अध्यक्ष सुन्दर बिकको भनाई छ ।












प्रतिक्रिया