भक्तपुर, १२ साउन । भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने ४१ वर्षीय विश्वराम कोजुलाई अमेरिकी डलर साट्न नेपाली नगद रुपैयाँ लिई आउनु भनी फोन मार्फत बोलाउने शंकास्पद ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मध्यपुर ठिमी नगरपालिका–४ राष्ट्रिय क्षयरोग अस्पतालको नजिक डाँडामा भेला जम्मा भई शंकास्पद रुपमा बसेका उनीहरुलाई प्रहरीले बुधबार बा.६४ प १९२, बा.५९ प ६८०२ र बा.५६ प ८०० नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीको मोबाइल ८ थान, हिमालयन बैंकको चेकप्याड १ थान, नेपाली रुपैयाँ २० दरका १ सय ९७ थान रवले बाँधी एउटै गड्डी बनाई रहेको सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया