काठमाडौँ, ११ कात्तिक । मलेसियामा जारी मलेसियामा जारी आइसीसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा अमेरिकासँगको खेलमा नेपाल विजयी भएको छ । डक वर्थ लुइस नियमका आधारमा १० रनले विजयी हुदै नेपाल शिर्ष स्थानमा उक्लिएको छ ।
अमेरिकाले दिएको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभरको समाप्तीमा १ विकेट गुमाएर ७३ रन बनाउदा पानी परेपछि डक वर्थ लुईस नियमका आधारमा खेलको निर्णय गरिएको हो ।
२ सय २४ रनको लक्ष्य पच्छाएको नेपालले आफ्नो सुरुवात राम्रो गर्न सकेन । ओपनर नरेश बुढाऐर शुन्य रनमा आउट भए । त्यस पछि आएका ज्ञानेन्द्र मल्ल र सुभार खकुरेले ७२ रनको साझेदारी गरे ।
सुभास खकुरेल ५९ तथा ज्ञानेन्द्र मल्ल २२ रन बनाएर खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । यस अघि मलेसियाको किन्नररा एकेडेमी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनाएको थियोे ।
नेपालले पहिलो विकेटका लागि ६४ रन सम्म कुर्नु पर्यो । अमेरिकाका स्टेभेन टेअलोर ब्यक्तिगत ३६ रनमा सागर पुनको बलमा आउट भए ।
त्यसपछि आएका स्टेभेन मासिहवा पनि सागर पुनकै बलमा १६ रनका आउट हुन पुगे । नेपलका लागि महङ्गा सावित भएका अमेरिकाका अर्का ओपनर फाहाद बाबर ५९ रनमा शक्ति गौचनको बलबाट बाहिरिए । अमेरिकाका टिमिल पटेलले ३९ रन जोडे ।
अमेरिकाका ब्याट्म्यानहरुको सामु खासै चमत्कारी देखाउन नसकेका नेपाली बलहरु मध्ये शक्ति गौचनले ३, तथा सागर पुन र बसन्त रेग्मीले समान दुई दुई विकेट लिए । नेपालले जितेपछि नेपाली समर्थक खुसी मनाउँदै छन् ।














प्रतिक्रिया