
काठमाडौं, १२ साउन । प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि शेरबहादुर देउवा भारत भ्रमणमा जानु हुने भएको छ ।
देउवा भदौ पहिलो साता भारत भ्रमणमा जाने तयारीमा लागेको बताइएको छ ।
देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले बताउनुभयो ।
भ्रमणको एजेन्डा र विस्तृत तालिका भने तय हुन बाँकी रहेको छ ।











प्रतिक्रिया