४ कार्तिक २०८३, बुधबार

लाइफ इन्स्योरेन्सद्वारा गौरादहमा उपशाखा स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापा जिल्लाको गौरादहमा स्थापना गरेको उपशाखा कार्यालयको औपचारिक समुद्घाटन गरिएको छ ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको स्थापनाबाट स्थानीयस्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाउ पुग्ने बताउनुभयो ।

साथै उहाँले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताउनुहुदै नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य प्रस्तुत गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत विवेकले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको र चालु आ.व. भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताउनुभयो ।