साउन ११, सल्यान । सल्यानको ढोरचौर गाउपालिकाका वडा न. २ का वडा सदस्य २४ वर्षीय एक युवकलाई हाडनाता करणीको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । आफ्नै काकी नाता पर्ने २० बर्षिया एक महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा साउन ६ गते प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
अरोपितको घरमा डेरा गरेर बस्दै आएको अबस्थामा साउन ३ गते राती घरमा कोही नभएको मौकामा जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् । पीडितको साउन ७ गते जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परिक्षण गरिएको थियो । पीडितले साउन ६ गते अस्थायी प्रहरी पोष्ट ढोरचौरमा दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानमा सो मुद्धा साउन ८ गते लिखित रुपमा दर्ता भएको हो ।
आरोपित बैशाख ३१ गते सम्पन्न स्थानिय तह पहिलो चरणको निर्बाचनमा माओबादी केन्द्रबाट निर्बाचित वडा सदस्य हुन । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी श्याम खत्रीले जानकारी दिनु भएको छ ।
















प्रतिक्रिया