गाईघाट, ११ साउन । उदयपुरका नाङ्गो डाँडाँमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । बुधबार सेनाका बलाध्यक्ष (रथी) पूर्णचन्द्र थापाले एक कार्यक्रमका विच त्रियुगा नगरपालिका ५ स्थित वुर्जाकाल्ना र सन्यासी सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गरी उदघाटन गर्नु भएको हो ।
दुबै सामुदायिक वन क्षेत्रको २० हेक्टर जग्गामा सेनाले विभिन्न प्रजातिका २० हजार बाँस तथा फलफुलका बोटविरुवा रोपेको हो । राष्ट्रपति चूरे तराई मधेस संरक्षण विकास समितिको कार्यक्रमअन्र्तगत श्री न. १ वन तथा पर्यावरण सुरक्षा गण सिन्धुलीले वृक्षारोपणको जिम्वेवारी लिएको गणपति प्रमुख सेनानी किरणविक्रम राणाले जानकारी दिनुभयो ।
उहाँले दुई महिना भित्र काम सक्ने गरी १ सय ५० जना सेनाका जवानले बृक्षारोपण कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो । रोपिएका विउँको संरक्षणका लागि सम्बन्धित वन समुहलाई जिम्मा दिने र वेलामौकामा सेनाले त्यसको अवलोकन गर्ने राणाको भनाई छ ।
सो अवसरमा वन संरक्षण, सम्बर्द्धनमा गणले खेलेको भुमिकाको प्रशंसा गर्दै राष्ट्रपति चूरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिब हेमलाल अर्यालले गणपति राणालाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । साथै उहाँले आगामी दिनमा पनि सेनाले यसरी नै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गणपति राणाले यसअघि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सप्तरीको खडक नगरपालिकास्थित अमहा क्षेत्रको २ सय हेक्टर जमिनमा ५ लाख २७ हजार ५ सय १० बोटविरुवा रोपेको र त्यसको संरुक्षण पनि हाल नेपाली सेनाले लिएको जानकारी दिनुभयो ।
बृक्षारोपणबाट सेनाले वनको संरक्षण र संवद्र्धनकोसाथै उजाड वन क्षेत्र हरियालीमा परिणत हुने, लोपन्मुख वोटविरुवा तथा जिवहरुको संरक्षण, वन संरक्षण प्रति स्थानीयमा अपनत्वको भावना जगाउने, भुक्षय तथा भुस्खलन कमि भई चुरे क्षेत्रको संरक्षण हुने लगायतका लक्ष्य लिएको छ ।













प्रतिक्रिया