डोटी, १० साउन । जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो कालोमोसो दलिएको छ ।
मुक्त हलियाको रकममा कमिसन खान खोजेको भन्दै नेकपा माओवादी केन्द्र र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालो मोसो दलेका हुन । मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्र्तगत सामुहिक बस्ती निर्माणका लागि जग्गा खरीद गर्न भनी आएको रकममा कमिसन खान खोजेको कालो मोसो लगाउने पक्षको आरोप छ ।
मुक्त हलिया पुनस्र्थापना समस्या समाधान कार्यदलका कारण आफुहरुका लागि आएको बजेट फ्रिज गएको भन्दै मालपोत कार्यालय परिसरमै धर्नामा बसेका मुक्त हलियाहरुसंग छलफल गरिरहेका बेला जोशीलाई कालोमोसो लगाईएको बुझिएको छ । हलिया पुनस्र्थापनाका लागि आएको रकममा कमिसन खान खोजेको भन्दै मालपोत कार्यालय डोटीमा सोमबारदेखि मुक्त हलियाहरुले तालाबन्दी गरेका छन ।
पुनर्स्थापनाको थप कार्यक्रम अन्र्तगत डोटी पूर्वीचौकी गाउँपालिका–२ का ४२ परिवार मुक्त हलियाहरुको सामुहिक बस्ती बसाउनका लागि जग्गा खरीद गर्न ८४ लाख रुपैयाँ आएको थियो ।













प्रतिक्रिया