काठमाडौं, १० साउन । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सिंगापुर मैदानमा ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो । अफगानिस्तानका लागि ओपनर इब्राहिम जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा शतक पूरा गर्दै सर्वाधिक १०१ बनाए । इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन जोडे ।
१०१ रन बनाएका जादरानलाई छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट क्याच गराए ।
नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।
नेपाल अहिले जवाफी व्याटिंग गरिरहेको छ । यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।















प्रतिक्रिया