काठमाडौं, ९ साउन । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आज भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३०० विरुवाहरुको वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको छ ।
एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ८००० विरुवाहरुको वृक्षरोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याएको छ ।













प्रतिक्रिया