काठमाडौं, ९ साउन । त्रिदेशीय सीमा स्थल दोक्लम प्रकरणले चीन र भारतबीच बढ्दो विवादबारे नेपालको व्यवस्थापिका संसदमा कुरा उठेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चीन र भारतबीच बढ्दो तनावको विषयलाई संसदमा उठाउँदै नेपाल सरकारको धारणा मागेको छ । साथै उसले नेपालका तर्फबाट दुई देशलाई संयमता अपनाउन अपील गर्नुपर्ने प्रस्ताव गरेको छ ।
सोमबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमालेका उपाध्यक्ष एवं सांसद युवराज ज्ञवालीले चीन र भारतबीच बढ्दो तनावका बीच अमेरिकाले समेत सयंमता अपनाउन भन्दै प्रतिक्रिया दिइसकेका बेला दुई विशाल देशको बीचमा रहेको नेपाल अहिलेसम्म चुप लाग्नु उपयुक्त नभएको बताए । नेपालले दुई देशको सीमा विवादबारे संयमता अपनाउन अपील गर्नुपर्ने उनको माग छ । त्यसका लागी सवै दलहरुले साझा धारणा बनाउनुपर्नेमा उनले जोड दिए ।
दुई देशबीच बढ्दै गएको तनावले स्थिती भयावह हुनेसक्ने भन्दै नेपालले मध्यस्कर्ताको भुमिका खेल्नुपर्नेमा सदनबाटै सरकारको ध्यानाकर्षण समेत गराए । ‘छिमेकमा यती ठुलो समस्या छ, हामी यहाँ मुकदर्शक भएर बस्न सक्दैनौ, त्यसैले यो बारेमा हामीले साझा धारणा तय गर्न जरुरी छ,’ उनले भने ।
भिडियोः















प्रतिक्रिया