२ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री बन्ने सुजाताको इच्छा, पूरा गर्लान त देउवाले ?

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रभावशाली नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा तपाई पनि उपप्रधानमन्त्री बन्न चाहानुहुन्छ भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा उनले भनिन्– ‘म पनि नेता हुँ, मेरोपनि पार्टीमा योगदान छ, म पनि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भैसकेको मान्छे हुँ, मलाई माईनस गरिएको छ, मेरो पनि ७५ जिल्लामै नेटवर्किङ्, सही मान्छेलाई पन्छाएर पार्टी चल्दैन, अहिले सबैलाई सुताईएको छ ।’

उनले पार्टीभित्र घाँटी रेटिरहने, दुःख दिइरहने, क्षमता प्रयोग गर्न नदिने, सताउने, दबाउने दिन गएको समेत बताइन् । उनले भनिन्, ‘अब त्यो दिन गए, दबाउने जमाना गए ।’

सुजाता रामचन्द्र पौडेल समूहमा छिन् । यो समूहलाई प्रधानमन्त्री देउवाले ३ मन्त्री भाग लगाएका छन् । उपप्रधानमन्त्री भने देउवाले आफ्नै समूहका गोपालमान श्रेष्ठलाई बनाइसकेका छन् । जसका कारण पौडेल समूह सुजाताको उपप्रधानमन्त्री बन्ने सम्भावना छैन् । यद्यपी दबाब दिन सक्यो र केपी ओलीजस्तै उपप्रधानमन्त्री थपियो भने यो सम्भव हुनसक्छ ।

आजको रिपोर्टर्स क्लबको साक्षात्कारमा सुजाताले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गरेको कारण पार्टीले निर्वाचनमा नराम्रो नतिजा भोग्नुपरेको समेत गुनासो पोखिन । उनले भनिन्, ‘अहिले धेरै नेताहरुको गुनासो छ, गिरिजाबाबुलाई त सम्मान दिन नसक्ने भनेर अहिले कांग्रेसको आलोचना हनु थालेको छ, यसबारेमा शर्तक हुनुपर्छ ।’