काठमाडौँ । संचारकर्मी एवं गायिका शोभा त्रिपाठीले आउँदै गरेको तीजलाई मध्यनजर गर्दै सांगीतिक कोसेली बजारमा ल्याएकी छन् ।
पछिल्लो समय तीज गीतमा विकृति बढिरहेका बेला शोभाले मौलिक कला संस्कृति प्रयोग गरेर नारीहरुको बर्ष दिनको थकानलाई भुलाउने उद्देश्यले ‘टिकिया हरायो’ बोलको गीत बजारमा ल्याएकी हुन् ।
एकनारायण भण्डारीको लय तथा शब्द सिर्जना रहेको यस गीतमा संचारकर्मी एवं गायिका शोभा त्रिपाठीको स्वर रहेको छ । निकै रोमाञ्चक शैलीमा तयार पारिएको यो गीतको म्युजिक भिडियोमा पनि शोभा स्वयमले नै अभिनय गरेकी छन् । शोभालाई बब्बु थापाले साथ दिएका छन् ।
भिडियोलाई मौसम हिमालीले छायांकन गरेका हुन् भने निर्देशन बब्बु थापा र सम्पादन प्रविन भट्टले गरेका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया