काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
ओली चीन यात्रामा रहेका बेला आइतबार पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले ‘एमालेसँग मिलेर चुनावमा जाउ’ भनी माओवादी केन्द्रलाई गरेको प्रस्तावका लागि धन्यवाद दिएका हुन् ।
ओलीले कांग्रेस होइन् एमालेसँग मिलेर चुनाव लडौं भन्ने प्रस्ताव गर्नुभएको छ, यसमा माओवादीको धारणा के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले ठूलो पार्टी बनेपनि परिस्थितिको गम्भीरतालाई बुझेर ओलीजीले यसो भनेको भन्दै ‘उहाँलाई धन्यवाद दिन चाहन्छु’ भने ।
एमाले उपाध्यक्ष वामदेव गौतमले चुनाव अघि देखि नै मिलौं भन्दै आएको र ५०–५० गरेर चुनावमा जाऔं भनेर प्रस्ताव समेत गरेको प्रचण्डले खुलासा गरे । उनले अब सबै दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया