काठमाडौं । कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा २’ को गीत ‘नाइलनको सारी’ चोरी गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।
उनले ‘नाइलनको सारी’ चोरिएको नभइ वास्तविक सर्जकलाई गायक अल्मोडाले आफ्नो सामु नल्याएको कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।
नाइलनको साडीका वास्तविक सर्जक पत्ता लाग्ने वित्तिकै उनलाई क्रेडिट दिएको दीपकले उल्लेख गरेका छन् । नाइलनको साडीमाको संगीतकारमा प्रिन्स नेपाली र स्व.कान्छा मगर नेपालीको नाम राखिएको छ । सुरुमा संगीतरमा अल्मोडाको नाम राखिएको थियो ।
गत शुक्रबार फिल्म ‘छक्का पञ्जा २’ ले ‘नाइलनको साडीमा’ बोलको गीति भिडियो बजारमा ल्याएको थियो । दिपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
















प्रतिक्रिया