१ कार्तिक २०८३, आइतबार

शारीरिक सुगठनको प्रशिक्षक कोर्ष सुरु, दक्ष प्रशिक्षक उत्पादन गर्ने लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । शारीरक सुगठनका दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले काठमाडौंमा शनिबार प्रशिक्षक कोर्ष सुरु भएको छ ।

हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशको आयोजनामा हुने उक्त कोर्षमा नेपालका विभिन्न जिल्लाका ५१ प्रशिक्षकहरुको उपस्थिती रहेको छ ।

प्रशिक्षकहरुलाई शारिरीक सुगठनको क्षेत्रमा विस्तृत ज्ञान प्रदान गर्दै दक्षताका साथ आगामी दिनमा कुनै क्षती विना दक्ष खेलाडीका साथै स्वस्थ नागरिक उत्पादन गर्नु यस कोर्षको उद्धेश्य रहेको अध्यक्ष शिवलाल श्रेष्ठले जानकारी गराए ।

अहिले प्रशिक्षण दिईरहेका कतिपय व्यक्तिहरु प्रशिक्षण नलिई आफुले सिक्दाका वखत जे जस्ता कुरा सिकेका थिए त्यसैलाई प्रयोग गर्दै प्रशिक्षण दिईरहेका छन् तर यस कोर्ष पश्चात उनीहरु दक्ष प्रशिक्षकका रुपमा समाजमा प्रस्तुत भई स्तरियताका साथ प्रशिक्षण प्रदान गर्न समर्थ हुने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।

उनले कार्यक्रमको उद्घाटन गर्दै यस कोर्षले आगामी दिनमा विना क्षती खेलाडी तथा स्वस्थ नागरिक उत्पादन गर्न प्रशिक्षकहरु सक्षम हुने भन्दै तालिम तथा प्रशिक्षण विभागले गर्नुपर्ने कार्य फेडेरेशनले गरेकोमा बधाई दिंदै आगामी दिनमा फेडेरेशन संग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

सात दिन सम्म फेडेरेशनको सोरखुट्टेस्थित कार्यालयमा हुने कोर्षमा सहभागी प्रशिक्षकहरुलाई आआफ्ना क्षेत्रमा स्तरियता प्रदान गरिसकेका व्यक्तित्वहरुले प्रशिक्षण प्रदान गर्नेछन् ।

जसमा एथलेटिक्स तथा स्पोर्टस साईन्सका स्नात्तोकत्तर एवं कोरियाका भिजिटिङ्ग प्रोफेसर दीवाकर अमात्यले स्पोर्टस् साईन्स, युएसएबाट न्यूट्रिसनमा दक्षता प्राप्त गरेका सुनिल राजवंशीले न्यूट्रिसन, टियु साईकोलोजीका लेक्चरर रक्की महर्जनले स्पोर्टस साईकोलोजी, दक्षिण एशियन राडोका कार्यकारी सदस्य डा. सरोज कृष्ण श्रेष्ठले स्पोर्टस् मेडिसिन र नेपाली शारिरीक सुगठनका ज्ञाता शिवलाल श्रेष्ठले शारिरीक सुगठन सम्वन्धि विविध बिषयमा प्रशिक्षकहरुलाई शिक्षा प्रदान गर्ने छन् ।