४ कार्तिक २०८३, बुधबार

महिन्द्रा स्कोर्पियोको माग बढ्यो, एकैदिन २२ वटा पिकअपको विक्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपालको लागि महिन्द्रा अटोमोबाइल्स्को आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले उल्लेखनीय रुपमा एकै दिन महिन्द्रा शोरुमबाट २२ वटा महिन्द्रा बोलेरो तथा महिन्द्रा स्कोर्पियो पिक अप विक्री गर्न सफल भएको छ ।

महिन्द्रा नेपाली उपभोक्तामाझ लोकप्रिय एवम् अत्याधिक रुचाइको ब्राण्डका रुपमा स्थापित भएको छ । यसबाट कम्पनीलाई भविष्यमा उत्कृष्ट ब्राण्डका रुपमा स्थपित हुने सुदृढता प्राप्त भएको छ ।

एक दशकको अन्तरालमा, महिन्द्राले नेपाली आटोमोबाइल्स्को क्षेत्रमा सुरक्षित यात्रा, ग्रामीण एवम् साहसिक अफ रोड यात्रामा आफूलाई स्थापित गराउँदै आएको छ ।

अग्नि ग्रुपको बारेमा

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

अग्नि ग्रुप आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

महिन्द्राको बारेमा

सन् १९४५ मा भारतको स्टिल इन्डस्ट्रिजमा प्रवेश गरेसँगै आज १९ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारको अवसर प्रदान गराउँदै आएको छ ।

महिन्द्रा अटोमोबाइल्सको क्षेत्रमा ख्यातिप्राप्त संस्थाका रुपमा स्थापित भएको छ, भने महिन्द्राले नवीनतम प्रविधीमा आधारित भई सूचना प्रविधिसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ कम्पनीले ग्रामीण समृद्धिमा विशेष योगदान समेत गर्दै आएको छ ।

महिन्द्राले २० मुख्य क्षेत्रहरुमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । संवैधानिक विधिमा सञ्चालित यस कम्पनीमा कर्मचारीहरुको स्वतन्त्रता एवम् ऐक्यताको सन्तुलन समेत रहेको छ । महिन्द्रा कम्पनी यातायातदेखि ग्रामीण समृछि तथा सूचना प्रविधिसम्म तथा वित्तीय सेवादेखि क्लिन इनर्जीसम्मका क्षेत्रमा जताततै सशक्त रुपमा अगाडि बढ्दै आएको छ ।