भीमदत्तनगर, ६ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित भलिवल प्रशिक्षण केन्द्रलाई नेपाली सेनाको सिंहसार्दुल गुल्मले खेलकुद सामाग्री प्रदान गरेको छ ।
खेलकुदको विकासका लागि भन्दै भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका खेलाडीहरुलाई प्रशिक्षण गराउन सहयोग पुगोस भनेर गुल्मले ६ वटा बल र एउटा नेट उपलब्ध गराएको हो । नेपाली सेनाले विगत लामो समयदेखि कञ्चनपुरको खेलकुदको भौतिक संरचना निर्माणदेखि खेलकुद सामाग्रीसम्म सहयोग गर्दै आएको भलिबल प्रशिक्षण जगदीश प्रसाद भट्टले जानकारी दिनुभयो ।
सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रमा भवन निर्माणमा समेत सहयोग गरेको थियो । सामाग्री हस्तान्तरणका लागि सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी जयराम थापा भलिबल प्रशिक्षण केन्द्र पुगेर भलिबल प्रशिक्षक भट्टलाई सामाग्री उपलब्ध गराउनुभएको थियो ।

















प्रतिक्रिया