४ कार्तिक २०८३, बुधबार

चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार यती एयरलाइन्समार्फत हवाइ यात्रा गर्नुभएका यात्रु महानुभावहरुले हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २०(बीस) प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ भने चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(बीस) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना केसीले हस्ताक्षर गर्नुभएको छ । यो छुट योजना २०७४ श्रावण १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ ।

चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्य शर्तहरु सम्झौता बमोजिम लागु हुने छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।