२ कार्तिक २०८३, सोमबार

बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई थप प्रोत्साहन: उपप्रधानमन्त्रीको सुरक्षा गार्डमा नियुक्त

17.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । मतदान केन्द्रमा अज्ञात समूहले फ्याकेको बम टिपेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानाले दुई वटा पुरस्कार पाएका छन् ।

पहिलो उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्ने निर्णय गरेको छ भने दोस्रो उनी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सुरक्षा गार्ड नियुक्त भएका छन् ।

बम टिपेर मतदान केन्द्रबाट बाहिर फ्याँक्दै ठूलो दुर्घटनाबाट जोगाएको भन्दै गृहमन्त्री जनार्दन शर्माको पहलमा रानालाई असईमा बढुवा गरिएको हो भने उपप्रधानमन्त्री महराको बिशेष आग्रहमा गृह मन्त्रालयले रानालाई महराको सुरक्षा गार्डमा नियुक्त गरेको हो ।

रानालाई उपप्रम महराको सुरक्षा गार्ड नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।