बेन्घाजी, १० कात्तिक । लिबियाको सैनिकले आइतबार अपरान्ह गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि २८ जना हतियारधारीको ज्यान गएको समाचार छ ।
त्यहाँको सेनाले हालैका दिनमा लिबियामा हिंसात्मक विद्रोह गरिरहेका इस्लामिक स्टेटका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा आइतबार ती लडाकू मारिएको समाचारमा जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार आइतबार अपरान्ह सैनिकले सो कारबाही गरेको थियो । उक्त कारबाहीमा परी केही अन्य लडाकू घाइते पनि भएका छन् ।
लिबियाको पूर्वी सहर बेन्घाजीमा सो कारबाही गरिएको थियो । लिबियाको सैनिकले विगतका केही हप्तादेखि उक्त कारबाहीलाई जारी राखेको छ ।
लिबियाको सैनिकका प्रवक्ता अहमद अल मिस्मारीले दिएको जानकारीअनुसार उक्त सहरका विभिन्न भागमा सैनिकले कडा सङ्घर्ष गरिरहेको छ र कारबाहीका क्रममा हिजोआज दिनहूँजसो नागरिक मारिएका छन् ।
सो क्षेत्रमा सैनिकले यस्तो कारबाहीलाई यही अक्टोबर १५ देखि जारी राखेको छ । त्यसयताको सो कारबाहीमा परी अहिलेसम्ममा कम्तीमा पनि १७० जनाको ज्यान गइसकेको सरकारले जनाएको छ ।
उक्त क्षेत्रमा पछिल्लो समयमा इस्लामिक लडाकूहरुले आतङ्क मच्चाइरहेका छन् । सो आतङ्कमा परी दर्जनौँ नागरिक पनि मारिएका छन् ।













प्रतिक्रिया