३ कार्तिक २०८३, मंगलबार

देशभरका सिनेमा हलमा ‘डाक्टर…खाते’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सडकबास भएका मानिसहरुले मेहनत ग-यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्नेबारे अबगत गराउने चलचित्र ‘डाक्टर…खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आउने भएको छ ।

अभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएर गतलबाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने सन्देश यो चलचित्रले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताईन् ।

केसीका अनुसार यो चलचित्रमा मोफसलका तीन दर्जन र राजधानीका एक दर्जन गरी चार दर्जन सिनेमा हलबाट शुक्रबार देखि प्रदर्शन हुँदैछ । डाक्टर…खातेलाई विभिन्न अन्तराष्टिय फिल्म फेस्टिबलमा देखाईएपछि नेपालमा प्रदर्शन गर्न लागिएको हो ।

अभिनेत्री/निर्माता केसीका अनुसार हरेक अभिभावकले यो चलचित्र हेर्दा आफ्ना बालबालिकालाई आफुले कत्तिको सही गरिरहेको छु भन्ने महसुस हुनेछ । यस्तै यो चलचित्र बालबालिकाले हेर्दा उनीहरुले आफु कत्तिको सही बाटोमा लागेको छु भन्ने कुरा जान्ने पनि रोशनीले बताईन् । उनका अनुसार सडक बालबालिकाहरुलाई समेत अभिनय गराईएको यो चलचित्रबाट हरेक बर्गका दर्शकले मनोरञ्जन लिने निर्माता केसीको विश्वास छ ।

चलचित्रले दर्शकलाई बारम्बार हँसाउने र रुहाउने पनि निर्माता रोशनीले बताईन् । यो चलचित्रमा रोशनी केसी, शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले वितरण गरिरहेको छ । चलचित्र डाक्टर…खातेमा सचिन सिंहको संगीत, योगेश्वर अमात्यको गायन, तारा थापा ‘कम्ले’को सम्पादन, जगदिश्वर थापाको लेखन रहेको छ । जसलाई डब्बु Ôत्रीले कास्ट निर्देशन र रबी अर्यालले निर्देशन गरेका हुन् ।