काठमाडौं । गायिका धनमाया रानाले चट्किलो भड्किलो भाकामा तीज गीत रेकर्ड गराएकी छिन् । केही दिन अगाडि म्युजिक नेपालको यूट्युबबाट रिलिज भएको तीज गीतका भिजिटर दिनप्रति दिन बढ्दै गएका छन् ।
‘आँगनीको डिलैमा…’ बोलको तीज गीतको लय सन्तोष श्रेष्ठको हो । संगीतकार श्रेष्ठले गीत राम्रो बनेको बताए । ‘तीज गीत राम्रो बनेको छ’, श्रेष्ठले भने, ‘यति राम्रो गीत बन्छ भनेर मैले सोँचेको पनि थिइन ।’
म्युजिक भिडियोमा रिना थापा र मिठ्ठू आलेले मोडलिङ गरेका छन् । रिना र मिठ्ठूको नृत्यु म्युजिक भिडियोमा सुहाएको छ ।
गायिका धनमाया रानाले पनि गीत अत्यन्तै राम्रो बनेको बताइन् । ‘तीज गीतको प्रमोशनमा लागेकी छु’, उनले भनिन्, ‘म्युजिक भिडियो पनि राम्रो बनेको छ ।’
म्युजिक भिडियोको निर्देशन गोपाल थापाले गरेका हुन् । छायाँकन देवराज आचार्य र सम्पादन मनोज कार्कीको हो ।
















प्रतिक्रिया