
मुम्बई । नायिका आलिया भट्टले एउटा रमाइलो घटनाको खुलासा गरेकी छिन् । अन्तर्वार्ताका क्रममा आलियाले निर्देशक इम्तियाज अलीको फिल्म ‘हाइवे’ को सुटिङका क्रममा उनले सार्वजनिक रुपमा नै पिसाब फेर्नु परेको बताएकी हुन् ।
उनले भनिन्, ‘वास्तवमा हामी यो फिल्मका लागि घुमक्कडको रुपमा सुटिङ गरिरहेका थियौं । फिल्मको थुप्रै दृश्य हामीले हाइवेमा नै सुटिङ गर्नुपरेको थियो ।’
आलिया भन्छिन्, ‘एकपटक हामी ट्रकमा हाइवेको यात्रा गरिरहेका थियौं । तब हामीले निकै राम्रो लोकेशन देख्यौं । हामीले उक्त स्थानको अवलोकन ग¥यौं । राम्रो लाइटका कारण केही हिस्सा सुटिङ गर्ने निर्णय भयो ।’
यद्यपि, सुटिङका बेला न त त्यहाँ कुनै ट्वाइलेट थियो । न नै भ्यानिटी भ्यान । यस्तो अवस्थामा मैले सडकको किनारामा नै फिसाब फेर्नु परेको उनले बताइन् । – एजेन्सी















प्रतिक्रिया