
काठमाडौं, ५ साउन । स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरणको तयारी स्वरुप एमाले नेतृत्व जुटेको छ ।
एमालेका स्थायी समिति सदस्य, सचिवालय सदस्य र विज्ञहरूबीच बिहीबार अन्तरक्रिया हुँदैछ । आफ्ना जनप्रतिनिधिहरूलाई कसरी अभिमुखीकरण तालिम दिने भन्ने विषयमा अन्तरक्रिया र छलफल हुनेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पहिलो र दोस्रो चरणमा चुनाव सम्पन्न भएका प्रदेशहरूमा एमालेका जनप्रतिनिधिहरू अभिमुखीकरण तालिमका लागि तयारी सुरु भएको बताउनुभयो ।
‘विज्ञहरूसँगको अन्तरक्रिया र सल्लाहमा एमालेका जनप्रतिनिधिहरूलाई तालिम दिने तयारी भएको छ’, उहाँले भन्नुभयो, ‘अब सबै जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिएर काम अगाडि बढाइनेछ ।’












प्रतिक्रिया