३ कार्तिक २०८३, मंगलबार

दीप श्रेष्ठ र न्युयोर्ककी नदिया लिवाङ्गको “त्यो पल”

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत र भिडियो सार्वजनिक भएको छ । न्युयोर्क निवासी युवा साहित्यकार नदिया लिवाङ्गको रचनालाई गायक श्रेष्ठले आफ्नो स्वर दिएका हुन् ।
“त्यो पल” भन्ने गीतलाई स्वर र संगीत दिन मात्रै गायक श्रेष्ठले ३ महिना लागेको बताए ।

“यो त अझ छिटो बनेको हो”, उनले हांस्दै भने । “मलाई त प्रायः गीतलाई बनाउन कम्तीमा पनि ६ महिना लाग्छ । ”

गीतका रचनाकार नदिया लिवाङ्गलाई पहिले देखि नै चिनिरहेको र पछिल्लो समय उनको साहित्यिक पाटो देखेर आफु छक्क परेको गायक श्रेष्ठको भनाई थियो ।

“नदियालाई म पहिलेदेखि नै चिन्थें, उनीसंग हाम्रो पारिवारिक सम्बन्ध पनि छ”, उनले भने । “ पछिल्लो समय उनको साहित्यिक क्षमता देखेर म त अचम्ममा नै परेको छु । ”

साहित्यकार नदिया लिवाङ्गले भने आफ्नो रचना दीप दाईलाई शुरुमा दिन अप्ठ्यारो लागेको बताइन् । “ दाइले मलाई बच्चा देखि चिनेको, बच्चा नै सोच्नु होला भन्ने लागेको थियो ,” लिवाङ्गले हांस्दै भनिन । “ मेरो गीत देखेर उहांले ‘ तिमी राम्रो लेख्न थालेछौ ’ भन्दा म त खुशीले गद्गद् भए । ”

यसअघि ‘ चित्कार ’ भन्ने कवितालाई भिडियो मार्फत प्रस्तुत गरेकी लिवाङ्गले गत वर्ष अमेरिकामै पहिलो पटक न्युयोर्कको अफ ब्रड वे मा मञ्चन भएको नाटक ‘ जोडियोस् भत्किएका मनहरु ’ मा अभिनय समेत गरेकी थिइन् ।