२१ कार्तिक २०८३, शनिबार

पत्रकार महिलाको संख्या बढिभन्दा बढी होस भनेर महासंघ गम्भीरः अध्यक्ष विष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपाल पत्रकार महासंघले एफएचआइ ३६०सँगको सहकार्यमा एकदिने पत्रकार महिलाहरुको अवस्था र भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्र्तक्रियामा महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकार महिलाको संख्या बढिभन्दा बढी होस भनेर पत्रकार महिलाका विषमा महासंघ गम्भीर रहेको बताउनुभयो । महासंघको विधान पुर्नसंरचनाले महिला पत्रकारहरुको संख्या बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न महासंघले तालिम तथा लैङ्गिक लक्षित पुरस्कारको स्थापना गरिएको र सञ्चार निर्देशिकामा लैङ्गिक मैत्रीको व्यस्था गर्न पहल गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित अन्र्तक्रियामा महासंघका उपाध्यक्ष अनिता बिन्दुले महासंघमा २०६३ सालदेखि हालसम्मको पत्रकार महिलाहरुको संख्या प्रस्तुत गर्नुभएको थियो ।

जसमा २०६३ कात्तिकसम्म महासंघको कुल सदस्य संख्या ५ हजार ३५ रहेकोमा पत्रकार महिलाको संख्या ४ सय ३०, २०६६ मा कुल पत्रकार सदस्यता संख्या ७ हजार ५ सयमा संख्या ८ सय १८, २०६८ मा ८ हजार १३ जना सदस्यमा पत्रकार महिलाको संख्या १ हजार १ सय ६८ रहेको थियो । २०७० सालमा कुल सदस्य संख्या १० हजार ७७ मा पत्रकार महिलाको संख्या १ हजार ६ सय १३ रहेको थियो । २५ औं माहाधिवेशन प्रयोगका लागि २०७४को कुल सदस्य संख्या १२ हजार ७ सय ८४ जनामध्ये पत्रकार महिलाको संख्या २ हजार २ सय ४७ रहेको जानकारी गराउनुभयो । (२०७४ सालको तथ्याङ्कक महासंघको प्रारम्भीक हो । )

महासचिव उजिर मगरले न्यूजरुम तथा सञ्चारगृहको माथिल्लो निकायहरुमा पत्रकार महिलाहरुको सहभागिता र महिला मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । महासंघको आगामी महाधिवेशमा २५० भन्दा बढी पत्रकार महिला पार्षदको सहभागिता हुनु आफैमा खुसीको कुरा रहेको बताउनुभयो ।

त्यस्तै सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले सञ्चार गृहमा पत्रकार महिलाको सहभागिता आवश्यक रहेको बताउँदै पत्रकार महिलाका सुरक्षामा सबै पक्षले ध्यान दिन जोड दिनुभयो ।

कार्यक्रममा याशोदा अधिकारी, अछामका पत्रकार मेनुका ढुंगाना, तृष्णा पौडेल पार्वता चौधरी, उजेरा ढकाल सिता पोखरेल, रञ्जना श्रेष्ठ कल्पना आर्चाय, रमिता लामा लगायताका सहभागी पत्रकारहरुले कार्य स्थलमा कार्यरत रहँदाको अनुभव राख्नु भएको थियो ।

कार्यक्रमा महासंघका पदाधिकारी, लेखा समिति संयोजक, केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको सहजता सचिव संगीता खड्काले गर्नुभएको थियो ।