२ कार्तिक २०८३, सोमबार

गायक बद्री पंगेनी पक्राउ, रातभर हिरासतमा राखियो

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । चर्चित लोकगायक बद्री पंगेनी मंगलबार राति बाँसबारीबाट पक्राउ परेका छन् ।

पंगेनीसहित ११ जनालाई बाँसबारीको जुवाखालबाट राति छापा मारी पक्राउ गरेको महाराजगञ्ज प्रहरी स्रोतले जनाएको छ । महाराजगञ्ज प्रहरी टोलीले राति त्यहाँ छापा हान्दा गायक पनि फन्दामा परेका हुन् । जुवाखालबाट प्रहरीले २ लाख समेत बरामद गरेको छ ।

पक्राउ गरी रातभर हिरासतमा राखिएका गायक पंगेनीलाई प्रहरीले प्रक्रिया पुर्याएर रिहा गर्न लागेको स्रोतले बतायो । यसबारे महाराजगञ्ज प्रहरीले प्रतिक्रिया दिन मानेको छैन् ।

यता गायक पंगेनीले जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको प्रतिक्रिया दिएका छन् ।