३ कार्तिक २०८३, मंगलबार

फिल्म ‘जोजो’को छायांकन नेपालबाट सुरु हुँदै, कात्तिकबाट युरोपमा हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । गएको वर्ष रिलिज भएको फिल्म ‘लप्पन छप्पन’मा एकसाथ काम गरेका नायक सौगात मल्ल र अर्पण थापालाई पर्दामा एकपटक फेरि दर्शकहरुले हेर्न पाउने भएका छन् ।

चिजकुमार प्रोडक्सन, सुबोध भट्ट एक्ज्युकेटिभ प्रड्युसर, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘जोजो’ नेपालबाट छायांकन सुरु हुदै युरोपमा कार्तिक अन्तिमतिर जाने तयारीमा ।

हुनत, योभन्दा अगाडि पनि सौगात र अर्पणले ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’, र ‘निभ्न लागेको दियो’मा काम गरेका थिए । यो छैटौं पटक हुँदैछ सौगात र अर्पण एकसाथ काम गर्दैछन् । ‘लप्पन छप्पन’ फेम निर्देशक मुकुन्द भट्टले यी दुईलाई मुख्य भूमिकामा अनुवन्धित गर्दै ‘जोजो’ नामक फिल्म निर्माण गर्न लागेका हुन् ।

एक्सन रिभेन्ज फिल्म ‘जोजो’का लागि अर्पण थापा, सौगात मल्ल, देबु श्रेष्ठ र नविन शाह अनुवन्धित भएको साथमा नव-प्रस्तुतिमा सिर्जना सिन्हा र फजिल अहमद पनि फाईनल भएका छन्: निर्देशक भट्टले जानकारी दिए । यस फिल्मलाई युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने छ ।

यस फिल्मका नव-प्रस्तुति फजिल अहमदले यो भन्दा पहिला बाबू बोगटिको थोरै थोरै ॥ बोलको गितमा मोडलको भूमिका निभाई आफुलाई कलाकारिताको क्षेत्रमा अबल बनाउन सफल भएको छ । यस भाहेक उनि इटालीमा हुने विभिन्न फैशन शोहरु मा आफुलाई प्रस्तुत गरि गलैमरको दुनियामा भिजिसकेका छन् । जसले गर्दा उसलाई ठुलो पर्दामा भूमिका निभाउन गारो नपर्ने र यो उस्कोलागी नयाँ अनि पहिलो अनुभव रहने छ ।

मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने ‘जोजो’मा चिजकुमार श्रेष्ठको लगानी रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन, दीपक आरजेको संगीत रहने फिल्मको लागि सिमसम तामाङले सौगात र अर्पणलाई दुई महिनाको तालिम दिनेछन् ।