४ कार्तिक २०८३, बुधबार

सिमीकोट गाउँपालिकाको बजेट २५ करोड ३७ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ३ साउन । सिमीकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष आव २०७४/७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष वली रावतले कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरिएको सभामा जानकारी दिनुभयो ।

गाविस अध्यक्ष्य पदमबहादुर लामाको सभापतित्वमा भएको सो सभामा गविसका अन्य पदाधिकारीको सहभागिता थियो । रासस