४ कार्तिक २०८३, बुधबार

सल्यानमा सिलाइ कटाई तालिमको माग बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान २, साउन । घरेलु तथा साना उद्योग विकास समिति सल्यानले एक बर्षमा ३५ लाख २९ हजार ४ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको छ । दर्ता, नविकरण, नामसारी, ठाउसारीबाट गत आर्थीक बर्ष २०७३।०७४ सो राजस्व संकलन भएको हो । आर्थीक बर्ष २०७३।०७४ को राजस्व आर्थिक बर्ष २०७२।०७३ को तुलनामा १४ लाखले बढि हो ।

जिल्लामा एक बर्षको अवधिमा २ सय ९१ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन । घरेलु तथा साना उद्योग विकास समिति सल्यानका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले कार्यालयमा आएर २ सय ५४ र कार्यालयले चलाएको घुम्ती शिविरमा ३७ वटा फर्महरु दर्ता भएको बताउनु भयो । कार्यालयले गत बर्षमा १ सय ५५ जना घरेलु तथा साना उद्योगीलाई तालिम दिएको उहाँले बताउनु भयो ।

जिल्लामा सञ्चालित भगत सर्वजित सिप विकास प्रवद्र्धन कार्यक्रम अन्तरगत जिल्लाको भल्चौर, बागचौर, देवस्थल, लुहाम, कपुरकोट, कालिमाटी, श्रीनगर र खलंगामा ८ वटा तालिम संचालन गरिएको कार्यालयल जनाएको छ । कार्यालयले दलित समूदायका यूवा यूवतीका लागि १० वटा उद्यमशिलता विकास तालिम पनि संचालन गरेको जनाएको छ । जसमा १ सय ९२ जनाको सहभागिता रहेको कार्यालयले जनाएको छ ।

साना उद्योग भन्नाले कुटिर उद्योग, हस्तकला, बाँसका सामाग्री, ढाँका, ग्रील उद्योग जस्ता उद्योग हुन । यीनीहरु साना खालका उद्योग भएकाले नदेखिए पनि जिल्लामा काम गरिरहेको उद्योग अधिकृत कृष्ण प्रसाद आचार्यले बताउनु भयो । जिल्लामा खुकुरी, छालाजुत्ता, हस्तकला, महिला उद्यमी जस्तामा पुरस्कार प्राप्त गरेको पनि जिल्लामा तथ्यांक रहेको छ ।
जिल्लामा सिलाइकटाईको तालिमका लागि बढि माग हुने गरेको र त्यसमा पनि तालिम लिनेहरु पुरुष भन्दा महिला बढि भएको उद्योग अधिकृत आचार्यले बताउनु भयो । “पुरुषले गर्ने खालका तालिमहरुमा दरखास्त पर्दैनन् तर महिलाका लागि उल्लेख्य मात्रामा दरखास्त पर्ने गर्दछन्,” – उहाँले भन्नु भयो ।

“९ जना सम्म कामदार, ५ लाख सम्मको पुँजी लगाएर गरिएका लघुउद्यम व्यवसायहरु कार्यालयमा निःशुल्क दर्ता हुन्छन्,” उद्योग अधिकृत आचार्यले भन्नुभयो– “जसमा सिलाइकटाई, बाख्रापालन, कृषि फर्म जस्ता साना तथा लघु व्यवसाय पर्दछन ।” कार्यालयले व्यवसाय गर्ने उद्यमीलाई सामाग्री प्रदान लगायतका काम पनि गरेको छ ।