जाजरकोट, २ साउन । श्रीमतीको उपचार गरी घर फर्कने क्रममा जाजरकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । त्रिवेणी नलगाड नगरपालीका–३ का ४० बर्षीय होम बहादुर दमाईको खोलाले बगाएर आज ज्यान गएको हो ।
प्राथामिक स्वास्थ्य केन्द्र कैनामा श्रीमतीको कानको उपचार गरी घर फर्किदै गर्दा दमाइलाई खोलाले बगाएको थियो । साङ्टा खोलामा रहेको बर्षौ पुरानो काठे पुल भाँच्चिएर खोलामा खस्नु भएका दमाइलाई १५ सय मिटर टाढा मृत अबस्थामा फेला पारेको प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनु भयो ।













प्रतिक्रिया